अतिआबश्यक सवारी साधन चलाउन सवारी पास चाहिदैन : प्रजिअ रिजाल

तुलसीपुर, २३ चैत ।

सरकारले लकडाउन गरेको समयमा अत्यावश्यक सवारी साधनलाई निर्वाद रुपमा सन्चालन हुन दिने बताएको छ ।यद्यपी कतिपय अवस्थामा ती सवारी साधनहरु चलाउन नपाएको पिडितहरुको गुनासो छ । तर दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले अतिआबश्यक सवारी साधनलाई निर्वाद रुपमा चल्ल दिएको दावी गरेका छन् । साथै उनले त्यस्ता अति आबश्यक सवारी साधन चलाउनका लागी सवारी पासको आवश्यक नपर्ने बताएका छन् ।

तरकारी, फलफुल, माछा, मासु, दुध ,अण्डा, चल्ला, दाना, खाद्यन्न, पेट्रालियम पदार्थ जस्ता ढुवानी गर्ने सवारी साधनलाई जिल्लामा निर्वाद रुपमा चल्न दिएको उनको भनाई छ । त्यस्ता अत्यावश्यक सवारी साधनलाई चल्न नदिने भन्ने कुरा हुदैन उनले भने एकैपटक धेरै सवारी साधन चले भने भिडभाड हुने गर्दछ त्यस्तो बेलामा समय मिलाएर साँझ विहान भिडभाड नहुने गरी चलाउनु पर्दछ ।

किसानहरुले उत्पादन गरेका बस्तुलाई बजार सम्म लैजाने व्यवस्था मिलाउने, तरकारी तथा आबश्यक खाद्यन्नहरु जिल्ला बाहिर निर्यात र आयात गर्नुपर्ने अवस्थामा आबश्यक सहजीकरण गर्ने काम अहिले पनि आफुहरुले गरिरहेको उनले बताएका छन् । त्यस्ता सवारी साधन चलाउनका लागी सवारी पास पनि आबश्यक नपर्ने उनले बताएका छन् ।त्यस्ता व्यक्ति तथा किसानहरुले आफुले चाहेको ठाउँ सम्म सजिलै सप्लार्यस् गर्न सक्ने उनको भनाई छ ।

प्रकाशित मिति : २०७६ चैत्र २३ गते आइतवार
प्रतिक्रिया