प्रदेश पाँचमा कोरोना भाईरस बारे माेवाएल एप निर्माण

दाङ, २३ चैत ।

५ नम्वर प्रदेश सरकारले कोरोना भाईरसको सुचना संकलन तथा सम्प्रेषणका लागी मोवाएल एप निर्माण गरेको छ । विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लकडाउन पुर्ण रुपमा पालना गर्न आग्रह गदै प्रदेश सरकारले कोरोना भाईरसका बारेमा सुचना संकलन तथा सम्प्रेषण गर्न सहज हुने उद्देश्यका साथ मोवाएल एप निर्माण गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सेर बहादुर केसीले जानकारी दिएका छन् ।

उक्त एप आफनो मोवाएलमा डाउनलोड गरी साईन अप गरी कोभिड १९ बारे आफ्नो तथा अरुको बारेमा विवरण पठाऊन सकिनेछ । यस्तै Locatoin सहितको स्वास्थ्य विवरण संकलन हुने भएकोले स्वास्थ संस्थाहरूलाई सम्बन्धित व्यक्ति बस्ने स्थानसम्म पुग्न मद्धत पुग्नेछ , एपको माध्यमबाट कोभिड (१९ संग मिल्ने लक्षण देखिएका व्यक्तिहरूका विवरणको विवरण पठाई उपचार तथा व्यवस्थापनमा मद्दत गर्न सकिनेछ , भर्खरै विदेशबाट नेपाल आउनु भएका व्यक्तिहरू क्वारेनटाईनमा बसे र नबसेको विवरण समेत यस एप मार्फत पठाऊन सकिनेछ, धेरै ठाउँमा मानिसहरु विदेशबाट आएर पनि सरकारी निर्देशन अनुरुप क्वारेनटाईनमा नबस्ने घटनाहरु सार्वजनिक भईरहेका छन् ।

यस्ता कृयाकलापले आफुलाई मात्र नभई समाजलाई नै खतरा पुग्न सक्ने विज्ञहरुको सुझाव छ । तसर्थ यदि छरछिमेकमा त्यस्तो अवस्था भएको देखेमा उक्त एप मार्फत रिपोर्ट गर्न समेत सकिनेछ र यस एपबाट कोभिड(१९ सम्वन्धी राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय तथ्याङ्क एवं समाचारहरू समेत प्राप्त गर्न सकिनेछ ।

यस एप मार्फत संकलन हुने विवरणले कोभिड (१९ विरुद्ध प्रदेशको स्वास्थ्यको विश्लेषणात्मक योजनामा निक्कै मद्धत मिल्नेछ । साथै प्रदेश सरकारले एपमार्फत आफ्नो, परिवारको र छरछिमेकको कोरोना भारस (कोभिड (१९)संग संवन्धित विवरण पठाउन सवैमा अपिल समेत गरेको छ । उक्त एप गुगल प्ले स्टोरबाट सोमवार देखी सन्चालन हुने जनाईएको छ ।

यो एप प्रदेश नं. ५ मुख्यमन्त्री पोर्टल (https://cm.p5.gov.np)मा  डाउनलोड गर्न सकिने छ ।

प्रकाशित मिति : २०७६ चैत्र २३ गते आइतवार
प्रतिक्रिया