संक्रमण रोक्न तुलसीपुरमा दमकलबाट औषधि छर्कियो

तुलसीपुर,२३ चैत ।

तुलसीपुर उपमहानगरपालिकाले विभिन्न ठाउँमा भाइरस नाशक औषधि छकिर्एको छ । कोरोना भाइरसको संक्रमण कम गर्नका लागि उपमहानगरपालिकाले पहिलो चरणमा वढि भिडभाड हुने क्षेत्रमा औषधि छर्किरहेको नगरप्रवक्ता सुर्यवहादुर डाँगीले वताए ।

उनले आइतवार तरकारी वजार, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगाएतका ठाउँमा औषधि छर्कने गरेको पनि वताए । यस्तै वसपार्क, मासु वजार लगायत अन्य ठाउँमा पनि छर्किएको बताईएको छ ।

रोटरी क्लव र रोट्रयाक्ट क्लव अफ तुलसीपुर सिटीको व्यवस्थापनमा उपमहानगरपालिकाले औषधि छर्कने काम गरेको हो । मानिसको वाक्लो वस्ति भएको र जमघट हुने वढि सम्भावना रहेका सबै क्षेत्रमा औषधि छर्कने रोट्रयाक्ट क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष नविन राइले जानकारी दिए ।

उनले क्लवको तर्फबाट औषधिको व्यवस्था गरिएको वताए । सामाजिक संस्था भएकाले विपत्तिको समयमा जनतालाई केही राहत होस् भनेर औषधि छर्किएको रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष देववहादुर केसीले जानकारी दिए । उनले क्लवका तर्फबाट अन्य सहयोग पनि गरिने वताए । दुवै क्लवहरुले यस क्षेत्रमा सामाजिक कामलाई अग्रता दिइरहेका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र २३ गते आइतवार
प्रतिक्रिया