घरभाडा नलिन श्रीनगर टोलको घरधनीलाइ आग्रह

तुलसीपुर, २० चैत्र

श्रीनगर टोल विकास संस्था तुलसीपुर–९ बेलुवाले घरभाडा नलिन घरधनीलाई आग्रह गरेको छ ।

संस्थाका अध्यक्ष हरीलाल पौडेलद्धारा जारी विज्ञप्तीमा विपतदको यस घडिमा मानविय नाताले पनि घरभाडामा बसेकाहरुसंग भाडा नलिन टोलमा आवद्ध सदस्यहरुलाई आग्रह गरिएको छ ।

‘कोरोना भाइरसबाट विश्व आक्रान्त भएको समयमा नेपाल सरकार, सिंगो मानव समुदाय, विभिन्न संघसस्था र व्यक्तिहरुले सेवाभावको हात अघि बढाइरहेका बेला टोलबासीको तर्फबाट हामीले पनि सक्दो सहयोग गरौ ,’ अध्यक्ष पौडेल द्धारा जारी विज्ञप्तीमा भनिएको छ –‘ कम्तीमा उदार मनका साथ भाडामा बसेकाहरुसंग लकडाउनको समयावधीमा घर भाडा नलिऊ ।’

यसैविच टोलका अध्यक्ष हरी पौडेलले चैत्र महिनाभरीको घरभाडा नलिने बताएका छन् । अहिलेलाई एक महिना भने पनि लकडाउन समय त्यो भन्दा पनि बढी लम्बीएमा पनि भाडा नलिने उनले तुलसीपुर खबरलाई जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत्र २० गते बिहिवार
प्रतिक्रिया