कोरोना भाईरसका कारण यस वर्ष चैते दशैको रौनकता घट्यो

फोटो फाईल

दाङ, १९ चैत ।

हिन्दु धर्मावलम्बीले विगतका बर्षहरुमा धुमधामका साथ मनाउदै आएको चैते दशै यो बर्ष भने घरमै सिमित बनेको छ । विश्वभर माहामारीका रुपमा फैलिएको कोराना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लकडाउनका कारण यस वर्ष दशै घरमा मात्रै सिमित भएको छ ।

लकडाउनका कारण घरबाहिर निस्कन नपाएपछि नागरिकले यस पटक चैते दशै घरमै मनाएका छन् । विगतका वर्षमा जस्तो यस वर्ष चहलपहल हुनुको साट्टा सुनसान बनेको पाईएको छ । सरकारले घरमै बस्न आग्रह गरेपछि दशैमा अधिकांस नागरिकले आफु भन्दा मान्यजनबाट टिका र आशिवार्द लिन पाएनन् ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् ।असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । बडा दशैंमा जमरा र टीका लगाउने प्रचलन भए पनि चैते दशैंमा हुँदैन ।

 

वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । चैते दशैंको दिन दाङ सहित देशभरका मठमन्दिरमा लाग्ने मेला समेत प्रभावित बनेको छ । काठमाडौंका भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने गर्दथ्यो तर यसपटक मठमन्दिर समेत सुनसान बनेको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १९ गते बुधवार
प्रतिक्रिया