नर्सलाई घरबाट निकालेको आरोपमा घोराहीमा वडा सचिव पक्राउ

तुलसीपुर, १८ चैत्र

नर्सलाई घरबाट निकालेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले वडा सचिवलाई पक्राउ गरको छ ।

कोरोना भाइरस सर्ने त्रासका कारण नर्सलाई घरबाट निकालेको भन्दै प्रहरीसम्म कुरा पुगेपछि घरवेटी तथा घोराही उपमहानगरपालिका–२ का वडा सचिव नारायण आचार्यलाई दिउसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनक भट्टराइले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका –१६ घर भई हाल घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा कार्यरत २० बर्षीया नर्स सृजना खड्का आचार्य वडासचिवको घरमा  काेठा भाडामा बस्दै आएकी थिइन् ।

हस्पिटल आवत जावत गरेको हुँदा वडा सचिवले कि हस्पिटल छोड्न कि आफ्नो घर छोड्न भनेकाले बाध्य भएर डेरा छोडेको बताउने सृजनाले अहिले बयान फेरेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

‘ घरबाट निकालेको कुरा जिल्ला प्रशासन कार्यालय मार्फत प्रहरीसम्म आयो, ’ प्रहरी उपरीक्षक भट्टराईले भने– ‘पक्राउ परेपछि निवेदन दिन आउ भन्दा यति ठूलो घटना होला भनेर मैले भनेकै होइन भन्छिन रे ।’

प्रकाशित मिति : २०७६ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया