युवा क्लवद्धारा मास्क वितरण

तुलसीपुर, १८ चैत ।

बिएस युवा क्लव तुलसीपुर ५ ले बुद्धनगर टोल विकास संस्थाको संयोजनमा मंगलवार मास्क वितरण गरेको छ । विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नका लागी नागरिकलाई मास्क वितरण गरिएको क्लवका अध्यक्ष अजय विकले जानकारी दिएका छन् ।

कोरोना भाईरसबाट बच्ने उपाय मध्ये मास्क लगाउनु पनि एक उपाय भएकाले मास्क नभएका नागरिकहरुका लागी झन्डै तिन सय मास्क वितरण गरिएको उनले बताएका छन् । मास्क समेत किनेर लगाउन नसकेका नागरिकलाई मास्क वितरण गरिएको उनले बताएका छन् ।

देशमा कोरोना भाईरसबाट उत्पन्न भएको अप्ठ्योरो परिस्थितिमा नागरिकलाई सुरक्षित रहनका लागी मास्क वितरण गर्नु राम्रो कार्य भएको बुद्धनगर टोल विकास संस्थाका अध्यक्ष धन बहादुर केसीले बताएका छन् । यस्तो माहामारी भाईरसबाट आफु र अरुलाई बचाउन सवै नागरिक सचेत हुनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २०७६ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया