लकडाउनको समयमा कुटपिट गर्ने सशस्त्र प्रहरी निलम्बन

काठमान्डौ, १८ चैत्र

लकडाउनको समयमा भारतसँगको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान निलम्बनमा परेका छन् ।

भारतबाट खाद्यान्न तथा औषधि ल्याइरहेको अवस्थामा सप्तरीको बलान विहुल वडा नम्बर ३ का हरिकृष्ण साह र रामकृष्ण यादवलाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान गणेश चौधरीलाई एक महिनाका लागि निलम्बन गरिएको सशस्त्र प्रहरी क्याम्प सप्तरीका एसएसपी उद्धव न्यौपानेले बताए ।

ती दुई युवामाथि नेपाल–भारत सीमाको बलान खोलामा चैत १६ गते दिउँसो कुटपिट भएको थियो । कुटपिटको भिडियो सार्वजनिक भएपछि सशस्त्र प्रहरीलाई कारवाहीको लागि दवाव परेको थियो ।

प्रकाशित मिति : २०७६ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया