होलेरीका २ जनासहति कोरोना अस्पतालमा ७ जना

तुलसीपुर, १८ चैत्र

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट  नमुना परीक्षणका लागि  पाँच जनाको   स्वाब आज काठमान्डौ पठाइएको छ ।

नेपालगंज मार्फत बिहान ५ बजे स्वाब पठाएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सपुरीटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिए ।

‘ ५ जनाको स्वाब बिहान पाँच बजे नेपालगंज पठाएका छौ,’ डा. शर्माले भने– ‘दाङसहित कर्णाली प्रदेश र नेपालगंजमा कलेक्सन भएको स्वाब लिन काठमान्डौबाट प्लेन आउँछ ।’

कोरोना विशेष अस्पतालको आइसोलेसनमा होलेरी, प्युठान, सल्यान , दाङका सहित ७ जनालाई निगरानीमा राखिएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया