डिउटीमा खटेका प्रहरी हवल्दारमाथि चक्कु प्रहार

तुलसीपुर , १८ चैत्र

भक्तपुरको सुर्यबिनायक चोकमा प्रहरी हवल्दारमाथि चक्कु प्रहार भएको छ । डिउटीमा रहेका प्रहरी हवल्दार केशरसिह रावतको गालामा गहिरो चोट लागेको वृतका डिएसपी चक्रराज जोशीले जानकारी दिएका छन् ।

आज बिहान गुलेली र चक्कु बोकेर आएका सुदिप क्षेत्रीले सुर्यबिनायक चोकमा आतंक मच्चाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि चक्कु हानेका थिए ।

क्षेत्रीको मानसिक अवस्था खराब जस्तो देखिएको र गुलेली र चक्कु सहित हाल नियन्त्रणमा लिएको डीएसपी जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया