शान्तिनगरमा १० बेडको क्वारेन्टाइन

निराश पाण्डे

शान्तिनगर, १७ चैत्र / शान्तिनगर गाउँपालिकाले १० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । शान्तिनगर गाउँ पालिका वडा नम्बर ३  स्थित बिपि माध्यामिक विद्यालय बयाले स्कुलमा आज देखि १० बेडको क्वारेन्टाइन संचालनमा ल्याएको शान्तिनगर स्वास्थ्य संयोजक हरि पुनले जानकारी दिएका छन् ।

कोरोना भाइरस बाट कसैले पनि ज्यान गुमाउन नपरोस भन्दै गाउँ पालिकाले आज देखि क्वारेन्टाइन संचालनमा ल्याएको हाे  । गाउँपालिकामा भारत तथा खाडीमुलुकबाट आएका संकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा  राखिने  ४ का वडाध्यक्षा धनबहादुर केसीले जानकारी  दिए ।

यसैविच प्रत्येक वडामा बिदेशबाट आएका ब्यक्तीहरुको पहिचानका लागि स्वास्थ्यकर्मी, प्रहरी र जनप्रतिनिधिको टोलिलाई परिचालन गरिएको छ ।
त्यसै गरि वडा नम्बर ५ ले ११ हजार भन्दा बढी मास्क समेत बितरण गरेको वडा अध्यक्ष गिरिराज बस्नेत ले जनाएका छ्न ।

प्रकाशित मिति : २०७६ चैत्र १७ गते सोमवार
प्रतिक्रिया