लकडाउन : दाङ तुलसीपुर हुदै चार वटा यात्रुबाहक बस सल्यान प्रथान

तुलसीपुर, १७ चैत । विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले गतएको चैत ११ गते मंगलवार देखी देशभर लकडाउन गरेको छ । लकडाउनको समयमा चार वटा यात्रुबाहक बस सल्यान प्रथान गरेका छन् । पोखरा र पर्वत देखी यात्रुुहरु लिएर आएका ती बस दाङ तुलसीपुर हुदै सोमवार विहान ६ बजे सल्यान प्रस्थान गरेको प्रहरी स्रोतले बताएको छ ।

प्रहरी स्रोतका अनुसार सल्यानबाट मजदुरी गर्न गएकाहरु लामो समय सम्म काम बन्द भएपछि घर फर्किएका हुन् । सरकारले फेरी लकडाउनको समयावधी थप गरेपछि उनीहरु घर फर्किएको बताईएको छ । प्रहरीका अनुसार पवर्तबाट दुई वटा, एउटा पोखरा र अर्को बस कहाँबाट आएको भन्ने खुलेको छैन ।

पवर्तबाट याुत्र लिएर आउने ग १ ख ४२६५ र ग १ ख ७७३२ नम्वरको बस रहेका छन् । यस्तै पोखराबाट आएको ना ४ ख ९८२४ र अर्को ग १ ख ६७३५ नम्वरको यात्रुबाहक बस दाङ हुदै सल्यान प्रस्थान गरेका छन् । तर जिल्ला प्रहरी कार्यालय दाङले यस विषयमा आफुलाई जानकारी नभएको बताएको छ । यता ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले अलपत्र अवस्थामा परेका यात्रु सवार गाडीलाई राती १० बजेपछि छुट भएको जानकारी दिएका छन् । यद्यपी सोमवार विहान ६ बजे तुलसीपुर हुदै सल्यान गएको भन्ने खवर आफुलाई जानकारी नभएको उनको भनाई छ । यसबारेमा आफुले जानकारी लिने उनले बताएका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र १७ गते सोमवार
प्रतिक्रिया