नमुना परीक्षणका लागि ६ जनाको स्याम्पल काठमान्डौ पठाईयो

तुलसीपुर, १६ चैत्र

तुलसीपुरको कोरोना विशेष अस्पतालबाट भर्ना भएका २४ जना मध्य १५ जनालाई घरमै क्वारेन्टाइनमा बस्नेगरी पठाइएको छ । ६ जनाको भने नमुना परीक्षणका लागि स्याम्पल काठमान्डौ पठाइएको छ ।

नमुना परीक्षणका लागि स्याम्पल हिजो काठमान्डौ पठाएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिए ।

अस्पतालमा रहेका मध्य संकास्पद लागेकाहरुको मात्र नमुना परीक्षणका लागि स्याम्पल काठमान्डौ पठाएको डा. शर्माले जानकारी दिए । स्याम्पल गाडीमार्फत पठाउनु पर्ने र त्यसमा काठमान्डौमा पुगेर पनि लाइनमा बस्नु पर्ने भएकाले रिपोर्ट आउन एक हप्ता लाग्ने अस्पतालले जानकारी दिएको छ ।

भर्ना भएका मध्य अधिकांस भारत र खाडीमुलुकबाट आएका छन् ।

 

 

प्रकाशित मिति : २०७६ चैत्र १६ गते आइतवार
प्रतिक्रिया