एक गाउँपालिकाबाट अर्को गाउँपालिका जान प्रहरीले किन लगायो रोक ?

तुलसीपुर, २५ बैशाख
रुकुममा एक गाउँपालिकाबाट अर्को गाउँपालिका जान रोक लगाइएको छ । शान्ति सुरक्षामा खलल पुग्ने भन्दै एक गाउँपालिकाबाट अर्को गाउँपालिकामा जान रोक लगाइएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । निर्वाचनको समय नजिकिदै गर्दा गत शनिबार कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता विच झडप भएपछि यस्तो रणनीति अपनाएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरिक्षक अंगुर जिसीले जानकारी दिए ।गाउँपालिका र जिल्ला बाहिर बाट कांग्रेस कार्यकता र वाइसील जिल्लामा भित्रीदा संभावित हिंसात्मक गतिविधी हुन सक्ने भन्दै प्रहरीले कडाई गरेको हो ।
मुसीकोट नगरपालिका २ रातामाटा र त्रीवेनीगाउँपालीकामा कांग्रेस माओवादी कार्यकर्ता विच झडप हुदा दुवै तर्फका ९ जना घाईते भएका थिए । प्रहरीले जिल्ला भित्रीने नाका र गाउँपालिकाका सिमानाहरुमा चेकजाँच गर्ने गरेको छ । अत्यावश्यक कामकाज बाह्यक अन्य काममा निर्वाचान अवधि सम्म प्रवेशमा रोकलगाउने प्रहरीले जनाएको छ । प्रहरीले सवारीसाधन र संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान समेत गर्ने गरेको छ ।

लड्न गएका कांग्रेस कार्यकर्तालाई प्रहरीले  फर्काई दियो 
यसैविच प्रहरीले थप मद्यतका लागि दाङबाट रुकुम जान लागेका कांग्रेसका एक बस कार्यकर्तालाई विच बाटोबाटै पर्खाइ दिएको छ । रुकुममा कांग्रेसका कार्यकर्ता कुटीएको खबर पाएपछि ना४ख ५५०५ नम्बरको बस रिजर्भमा लिएरमा तुलसीपुरबाट रुकुमका लागि गइरहेका एक बस कार्यकर्तालाई रुकुमको झुलनेटा प्रहरीचौंकीले फर्काई दिएको पहरीनायब उपरिक्षक जिसीले बताए ।

यसैविच बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्मपन्न गर्न स्थानीय दलहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा भएको ९ घन्टा लामो छलफलमा दलहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेको प्रहरीले बताएको छ । “मसलको प्रयोग हुन थाल्यो, अब माइनको प्रयोग गर्रौ मैले भनेको प्रनाउन जिसीले भने ।” लाठी र मसले काम नगर्ने भन्दै शान्ति सुरक्षामा असरपुग्ने गरि गतिविधी गरेमा जुनसुकै दलका कार्यकर्तालाइ पक्राउ गरेर कडा कार्वाही गर्ने दलहरुले प्रतिवद्धता गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७४ बैशाख २५ गते सोमवार
प्रतिक्रिया