लकडाउनको अवधि बढाउने सरकारको तयारी

 

काठमाडौँ , १४ चैत्र

एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाउने गरी सरकारले आवश्यक तयारी थालेको छ ।

हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने गरी तयारी थाल्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो ।

‘कोभिड–१९’ रोग रोकथाम तथा नियन्त्रणसम्वन्धी उच्चस्तरीय समन्वय समितिका एक सदस्यले अहिलेकै अवस्थामा लकडाउन खुल्ला गर्ने अवस्था नरहेको र त्यहीअनुसार सुरक्षा तथा दैनिक उपभोग्य बस्तुको सहज व्यवस्थापनका लागि उद्योगीरव्यवसायीहरुलाई भनिसकेको बताए ।

चैत ११ गतेदेखि १८ गते बिहानसम्म एकसाताका लागि सरकारले लकडाउन घोषणा गरेको थियो । भारतले कोरोना संक्रमण फैलन नदिन बुधबारबाटै लागू हुने गरी २१ दिनका लागि लकडाउन गरिसकेको छ । भारतले पनि नेपालले लगाएको भोलिपल्टै देशव्यापी लकडाउन गरेको हो ।

 

कान्तिपुरबाट

प्रकाशित मिति : २०७६ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया