नेपालमा कोरोनाको संक्रमण हुनेको संख्या चार पुग्यो

काठमान्डौ, १४ चैत्र

नेपालमा कोरोनाको संक्रमण हुनेको संख्या चार पुगेको छ । धनगढीमा एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएपछि यसको संख्या ४ पुगेको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारत एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो । यसअघि नेपालमा तीन जनामा कोरोनाको संक्रमण भेटिएको थियो ।

उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । हाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् ।

प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । दुबईबाट आएका उनी ११ चैतदेखि अस्पताल भर्ना भएका थिए ।

 

प्रकाशित मिति : २०७६ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया