पर्सा र स्याङजामा गोली लागेर दुई जनाको मृत्यु

दाङ, १४ चैत ।

पर्सा र स्याङजामा गोली लागेर दुई जनाको मृत्यु भएको छ । स्याङ्जामा गोली लागेर हरिनाश गाउँपालिका २ को चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेलको शुक्रबार मृत्यु भएको हो ।

 

पोखरा( २६ घर भएका पौडेल चौकीको स्टोरमा काम गर्ने बेला गोली लागेको उपचारका लागि पोखरा लैजादै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

यस्तै पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी तस्करी समूह र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच शुक्रबार गोली हानाहान भएको छ ।गोली हानाहानका क्रममा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले चलाएको गोली लागेर शिकारी समूहका एक जनाको मृत्यु भएको छ । घटनामा नेपाली सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छन् ।

 

निकुञ्जको मुख्य क्षेत्रमा करिब ११ जनाको समूहले सुरक्षाकर्मीलाई देखेपछि फायरिङ्ग गरेको र त्यसको जवाफमा सुरक्षाकर्मीले गोली चलाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७६ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया