विदेशबाट आएकालाई खोजीखोजी क्वारेन्टाइनमा नल्याउनुस : डा. शर्मा

तुलसीपुर, १४ चैत्र

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले कोरोना भाइरस विशेष अस्पताल बेलझुण्डीमा,  विदेशबाट आएका मान्छेलाई खोजीखोजी नल्याउन आग्रह गरेको छ ।

खोजीखोजी ल्याउदा समाजमा गलत सन्देश जाने र परिवारलाई समेत मनोवैज्ञानिक रुपमा नकारात्मक असर पर्न सक्ने भन्दै यस तर्फ सम्बन्धित निकायलाई सजग र सचेत हुन  अस्पतालका प्रमुख डा सर्वेश शर्माले  आग्रह गरे ।

छिमेकी मुलुक भारतसहित अन्य मुलुकबाट आएका नागरिकलाई खोजीखोजी अस्पतालमा ल्याउने काम भएको भन्दै डा. शर्माले संकास्पद बिरामीलाई मात्र अस्पतालमा राखिने बताए ।

विदेशबाट आउने वित्तीकै कोरोना भाइरस नै लिएर आएको छकि भने जसरी हेर्ने गरिएको बताउदै घरमै पनि सुरक्षीत कोठामा बस्न सकिने बताए ।
अन्य कारणले पनि ज्वरो आउने, रुघा लाग्ने, टाउको दुख्ने, खोकी लाग्न सक्ने बताउदै मेसु डा. शर्माले पालिका स्तरमा क्वारेन्टाइनमा राखेर संकास्पद लागेमा मात्रै कोरोना विशेष अस्पतालमा ल्याउन स्थानीय सरकार प्रमुखहरुलाई आग्रह गरेका छन् ।

कोरोना विशेष अस्पतालमा बसेकाहरुलाई कोरोनाको कुनै संकास्पद लक्ष्ण समेत देखा नपरेको बताउदै डा. शर्माले बाहिरबाट आउने वित्तीकै मान्छे खोजेर ल्याएमा अटाउन नसक्ने बताए ।

 

प्रकाशित मिति : २०७६ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया