क्वारेन्टाइनमा कैदि र गाउँमा अमानविय व्यवहार

तुलसीपुर, १४ चैत्र

बेलझुण्डीको कोरोना विशेष अस्पतालमा निगरानीमा बसेकाहरुले आफुहरु झनै जोखिममा परेको गुनासो गरेका छन् ।
विदेशबाट आएकै कारण कोरोना भाइरसको संकामा राम्रो मान्छेलाई अस्पतालमा ल्याएर झनै बिरामी गराउने काम गरेको उनिहरुले गुनासो गरे । कोरोना विशेष अस्पताल बेलझुण्डीमा अहिले ७ जनालाई राखिएको छ ।

‘निगरानीमा राखेकाहरुलाई चिकित्सकले अहिलेसम्म कुनै हेरचाह गरेका छैनन् । वेड राखिएका स्थान वरपर धुलैधुलो छ । मेरो नामै लेखेर भनिदिनुस ,’ निगरानीमा राखीएकी लक्ष्मी वलीले भनिन् – ‘समयमा खाना र नास्ताको व्यवस्था छैन । बिरामीले उपचार पाएको छैन । यहाँ ल्याएका बिरामीलाई हेर्ने दृष्टिकोण नै फरक छ ।’

‘गेटमा ल्याएर खाना राखिदिन्छन् अनि आफै लिएर खानुपर्छ थप खानाको कुनै आशै छैन’ लक्ष्मीले भनिन् । अस्पतालको क्वारेन्टाइनमा राखेकालाई कैदि जस्तो व्यवहार र घरमा बसेका परिवारलाई समाजले टर्चर दिने गरेको लक्ष्मीले गुनासो गरिन ।

‘म कोरोना भाइरसको संक्रमित भएर आएको होइन ,’ लक्ष्मीले भनिन– ‘बाहिरबाट आएकालाई १४ दिन क्वारेन्टाइनमा राख्ने सरकारको नीतिलाई सहयोग गर्दा घरमा आमालाई समाजले यो बाटो र त्यो बाटो नहिड् भनेर टर्चर दिएका छन् रे ।’

यता चिकित्सकहरुले सुरक्षा कवज (पीपीई) नभएका कारण क्वारेन्टाइनमा राखेकाहरुको छेउछाउँमा जान नसकेको एक चिकित्सकले नाम तवताउने सर्तमा भने । उता राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.सर्वेश शर्माले सुरुको अवस्थामा भएकाले व्यवस्थापकीय रुपमा केहि समस्या भएको बताए ।

कामको जिम्मेवारी बाँडफाँड गरिएको भन्दै खानाको विश्व विद्यालय, पीपीइको सेना, बजेटको स्थानीय सरकारले जिम्मा लिएकाले व्यवस्थापनको काम भइरहेको डा. शर्माले बताए ।
,

 

 

प्रकाशित मिति : २०७६ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया