४ः४५ मा लगियो युवतिलाई कोरोना विशेष अस्पतालमा 

तुसीपुर, १३ चैत्र

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको आइसोलेसन वार्डमा निगरानीमा राखिएकी एक युवतिलाई बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा लगिएको छ ।

कतारबाट गएको चैत्र ५ गते दाङ आइपुगेकी बबई गाउँपालिका निबासी २१ बर्षकी युवतीलाई चार बजेर ४५ मिनेट जाँदा एम्बुलेन्स मार्फत बेलझुण्डीको आयुर्वेद भवनमा स्थापना  गरिएको कोरोना विशेष अस्पतालमा लगिएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

घरमै पुगेर युवतीलाई हिजो राप्ती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा ल्याएर निगरानीमा राखिएको थियो । कोरोना विशेष अस्पतालमा एक सय शैयाको वार्ड तयार गरिएको छ ।

कोरोनाको लक्ष्यण देखिने संकास्पद बिरामी तथा बाहिरबाट आएकाहरुलाई रोग पत्ता नलाग्दा सम्म राख्नका लागि बेलझुण्डीमा कोरोना विशेष अस्पतालको स्थापना गरिको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १३ गते बिहिवार
प्रतिक्रिया