दाङमा लकडाउन पालना नगर्ने साढे तिन सय सवारी साधन प्रहरीको नियन्त्रणमा

तुलसीपुर, ११ चैत ।

विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाईरसबाट जोगिन र रोकथाम गर्नका लागी सरकारले गरेको लकडाउनलाई दाङमा अवेज्ञा गर्ने साढे तिन सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर आबश्यक कारवाही गरेको छ । सरकारले मंगलवार विहान देखी लागु हुने गरी देशभर लकडाउन घोषणा गर्ेपनि जिल्लामा उक्त आह्वानलाई व्यवास्ता गदै सवारी चलाएको भन्दै प्रहरीले विभिन्न स्थानबाट ती सवारी साधनलाई नियन्त्रणमा लिएर सम्झाई बुझाई गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरकिा अनुसार लकडाउन पालना नगर्नेमा सवैभन्दा धेरै मोटरसाईकल रहेका छन् । जसमा मोटरसाईकल २सय ७३, अटो रिक्सा १०, सानोगाडी १३, ट्रक ३६, ट्याक्टर ७ र बस एउटा गरी ३ सय ५० वटा सवारी साधनलाई नियन्त्रत्रणमा लिईएको हो ।

ती सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका तुलसीपुर, नारायणपुर, घोराही, लमही, भालुवाङ, कमिरेचौर, गढवा, जिल्ला ट्राफिक कार्यालय, खिलतपुर, अमिलिया लगाएतका प्रहरी युनिटबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिएका छन् । उक्त नियमलाई पालना गर्न जिल्ला प्रशासन कार्यालय दाङले सवैमा अपिल गरेको छ ।

प्रकाशित मिति : २०७६ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया