त्रिशिद्धेश्वरीले क्वारेनटाईन राख्नका लागी भवन र जग्गा दिने

तुलसीपुर, ११ चैत ।

विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाईरस संक्रमितहरुको लागी क्वारेनटाईन बनाउन आबश्यक परेमा भवन र जग्गा त्रिशिद्धेश्वरी मन्दिर व्यवस्थापन समितिले उपलब्ध गराउने जनाएको छ । संघिय र प्रदेश सरकारले कोरोना भाईरस रोकथाम गर्नका लागी क्वारेनटाईन बनाउने चाहेमा तुलसीपुर स्थित मन्दिरको धर्मशालाको ११ कोठे भवन र धर्मशाला भवनको उत्तरतर्फ रहेको ५ कठ्ठा जमिन उपलब्ध गराउन सकिने समितिले निर्णय गरेको छ ।

 

समितिका अध्यक्ष देवराज धितालको अध्यक्षतमा मंगलवार तुलसीपुरमा बसेको बैठकले कोरोना भाईरस रोकथामका लागी सरकारले अपनाएको उच्च सर्तकतालाई सहयोग गनेृ आबश्यक परेमा समितिले पनि सघाउने निर्णय भएको समितिका सहसचिव निर्मल नेपालीले जानकारी दिएका छन् ।

 

साथै हाल सरकारले देशभर लकडाउन गरेको अवस्थामा अत्यावश्यक पुजापाठ बाहेक अन्य सवै धार्मिक कार्य बन्द गरिएको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया