तुलसीपुरको ४ स्थानमा साबुन र पानीको व्यवस्था

तुलसीपुर, ११ चैत ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ को वडा कार्यालयले कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउनका लागि तुलसीपुरको ४ स्थानमा साबुन र पानीको ब्यबस्था मिलाएको छ ।

तुलसीपुरको बिरेन्द्र चोक ,विपि चोक , जेसिज चोक , वडा कार्यालयमा साबुन र पानीको ब्यबस्था मिलाएको वडा नम्वर ५ का वडा सदस्य सुरेश कुमार श्रेष्ठले जानकारी दिए ।

तुलसीपुर बजार आएका आवतजावत गर्ने नागरिकहरुले साबुनपानीले हातधुने छन भने संक्रमनबाट जोगिने अपेक्षा गरेको वडा अध्यक्ष विरेन्द्र शाहले बताए ।यस्तै वडा कार्यालयले आईतबारबाट मास्क निशुल्क बितरण गर्न सुरु गरेको छ ।

प्रकाशित मिति : २०७६ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया