वडा कार्यालयद्धारा निशुल्क मास्क वितरण

तुलसीपुर, ९ चैत ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ५ को वडा कार्यालयले आइतवार देखि निशुल्क मास्क वितरण गर्न सुरु गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभर महामारीका रुपमा फैलिरहेका बेला उक्त संक्रमणबाट जोगिनका लागी वडामा आउने प्रत्येक सेवाग्राहीलाई मास्क बितरण गर्न सुरु गरिएको वडा अध्यक्ष बिरेन्द्र कुमार शाहले जानकारी दिए ।

वडाले आइतवार एक कार्यक्रमको आयोजना गरी मास्क बितरण गर्न सुरु गरेको हो । कोरोनाको सक्रंमण र यसको रोकथाम गर्ने उद्देश्यले वडाले अत्याआवश्यक सेवा बाहेक सर्वसाधारण भिडभाड नगर्न ,साबुन पानी र सेनिटाइजरले नियमित रुपमा हात धुन र निरन्तर रुपमा मास्क प्रयोग गरिदिन सेवाग्राहीलाई आग्रह गरिएको वडा सदस्य सुरेश श्रेष्ठले जानकारी दिए ।

पहिलो चरणमा वडाले २ हजार मास्क बितरण गर्दै छ ।साथै वडाले आइतवार एक सुचना जारी गरि कोरोनाको सक्रंमणबाट महामारी फैलन नदिन सहयोग गरिदिन सबै वडाबासीलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २०७६ चैत्र ९ गते आइतवार
प्रतिक्रिया