शान्तिनगरमा ८ हजार बढिकाे ज्वरो चेक

निराश पान्डे

शान्तिनगर चैत्र ९ /  शान्तिनगर गाउँ पालिका स्वास्थ्य शाखा चिराघाटले गत शुक्रबार देखि कोरोना भाइरस ज्वरो चेक जांचमा अहिलेसम्म ८ हजार ३ सय ६४ जना ब्यक्तिको ज्वरो चेक जाँच गरेको जनाए को छ ।

शान्तिनगर स्वास्थ्य संयोजक हरि पुनका अनुसार शान्तिनगर वडा नम्बर तिनको पातेटाकुरामा आइतबार सम्म ३७७०, त्यसै गरि वडा नम्बर ७ को खैरेनिमा ४५०२ र वडा नम्बर एक को खिलतपुरमा १९२ जना सर्बसाधारण ब्यक्ती हरुको कोरोना भाइरस ज्वरो चेक जाँच गरिएको छ।

बिस्वभरी महामारिको रूपमा फैलिएको कोरोना भाइरस बाट कुनै पनि ब्यक्ती संक्रमित हुन नपरोस भन्दै शान्तिनगर गाउँ पालिकाले ३ स्थानमा हेल्थ डेस्क स्थापना गरि शान्तिनगर भित्रने सर्बसाधारण ब्यक्तीका लागि ज्वरो चेक जांचको ब्यबस्था मिलाएको संयोजक पुनले जनाएका छ्न।

प्रतेक हेल्थ डेस्कमा २ जना स्वास्थ्य कर्मी र सुरक्षा कर्मिको प्रबन्ध मिलाइएको पनि पुनले जनाए का छन।

चेक जांचमा कुनै पनि संक्रमित ब्यक्ती फेला नपरेको खैरेनी हेल्थ डेस्कमा खटिएकी स्वास्थ्य कर्मी गोमा पान्डे ले जनाएकि छ्न। त्यसै गरि गाउँ पालिकाले गाउँ पालिका भित्र तीन स्थानमा साबुन पानीले हात धुने ब्यबस्था समेत मिलाएको छ।

उता शान्तिनगर गाउँ पालिकाका अध्यक्ष कमान सिङ्ग डाङ्गिले कोरोना भाइरस भित्रन नदिन लागि परेको जनाउदै सबै नागरिकलाई सचेत रहन समेत आग्रह गरेका छ्न।

प्रकाशित मिति : २०७६ चैत्र ९ गते आइतवार
प्रतिक्रिया