तुलसीपुर खानेपानीको अधिवसेन स्थगित

तुलसीपुर, ७ चैत्र

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको भोली शनिबार हुने भनिएको १६ औ कार्य परिषद तथा ११ औं अधिवेसन स्थगित भएको छ ।

विश्वभर महामारीका रुपमा पैलिएको कोरोना भाइरसबाट बच्न नेपाल सरकारकारको मिति २०७६ चैत्र ५ गतेको निर्णय अनुसार २५ जना भन्दा बढी जम्मा भएर सभा सम्मेलन तथा कार्यक्रम गर्न नपाइने निर्देशन अनुसार अनिश्चितकालका लागि अधिवेसन स्थगित भएको संस्थाका अध्यक्ष वलीले जानकारी दिए ।

संथाले भोली शनिबार अधिवेसन गर्ने भन्दै पत्राचार गरेको थियो ।

कार्यक्रमको अन्तिम चरणमा आएर अधिवेसन स्थगन गर्द उपभोक्ताहरुमा पर्न गएको असर प्रति संस्थाले क्षेमा मागेको छ ।

प्रकाशित मिति : २०७६ चैत्र ७ गते शुक्रवार
प्रतिक्रिया