९ जना विद्यार्थीलाई चार लाख बढि रकम ठगी आरोपमा ईन्स्टीच्युट सन्चालक पक्राउ

 दाङ, ७ चैत।

जिल्लाको गैडाकोट नगरपालिका २ मा संचालित हिमालयन टेक्निकल इन्स्टीच्युटका सन्चालक बर्ष ४८ का शिव जंग श्रेष्ठ पक्राउ परेका छन् । एसईई पास गराई दिन्छु भन्दै विद्यार्थीहरुबाट रकम उठाएको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पुवी नवलपरासीले जनाएको छ ।

बिभिन्न शिर्षकमा शुल्क बापतको रकम ४ लाख ९३ हजार ८ सय ७५ विद्यार्थीहरुबाट उठाएर बिधार्थीहरुलाई परिक्षा दिन बाट बञ्चित गराई बिधार्थीहरुको शुल्क समेत फिर्ता नदिएको पिडित ९ जना विद्यार्थीले उनी विरुद्ध उजुरी दिएका थिए । पक्राउ परेका श्रेष्ठ विरुद्ध ठगी मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र ७ गते शुक्रवार
प्रतिक्रिया