शान्तिनगरमा स्क्यानिकका लागि हेल्थ डेक्स

निराश पान्डे
शान्तिनगर ७ , चैत्र / शान्तिनगर गाउँ पालिकाले शान्तिनगरका तीन स्थानमा कोरोना भाइरसका लागि ज्वरो जांचका लागि आज देखि हेल्थ डेस्क स्थापना गरेको छ।

शान्तिनगर स्वास्थ्य संयोजक हरि पुनका अनुसार गाउँ पालिकाको वडा नम्बर ३ को पातेटाकुरार एकको खिलतपुर र सात नम्बर वडाको खैरेनिमा कोरोना जांचको ब्यवस्था मिलाइएको संयोजक पुन ले जनाएका छन।

तुलसिपुर बाट शान्तिनगर भित्रने सर्बसाधारण ब्यक्तिहरुलाइ हेल्थ डेस्कमा खटिने स्वास्थ्य कर्मिहरुले चेक जाँच गर्ने छन प्रत्यक हेल्थ डेस्कमा दुइजना स्वास्थ्य कर्मी र सुरक्षा कर्मिको टोलि रहेको बताइएको छ।

कोरोना भाइरस बिश्वब्यापी समस्याको रुपमा देखिएको भन्दै सबै नागरिक लाई सचेत रहन समेत आग्रह गरेकोछ।हेल्थ डेस्कको उद्घाटन आज एक कार्यक्रमका बिच शान्तिनगर गाउँ पालिकाका अध्यक्ष कमान सिङ्ग डाङ्गिले गरेका थिए।

प्रकाशित मिति : २०७६ चैत्र ७ गते शुक्रवार
प्रतिक्रिया