पारिवारीक निजी वन संघको तुलसीपुरमा अन्तरसंवाद सुरु

तुलसीपुर, ७ चैत्र

पारिवारीक नीजि वन संघ नेपालले दाङको तुलसीपुरमा सरोकारवालासंग अन्तरसंवाद सुरु गरेको छ । एक परिवार, एक पारिवारीक निजी वन, समृद्ध नेपाल हाम्रो अभियान भन्ने मुल नारासहित संवाद सुरु गरिएको हो ।

संवादमा निजी वनको संस्थागत विकास, क्षेत्रगत र तहगत नीति, खानेपानीको रणनीति, पारिवारीक निजी वनमा भएका अपठेरा, स्थानीय तह, प्रदेश र संघिय कानुन निर्माणमा यसको भूमिका विषयमा व्यापक रुपमा छलफल भइरहेको छ ।

संवादमा तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डे, पारिवारीक निजी वन संघका अध्यक्ष जोगराज गिरी, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वली, सामुदायिक वन महासंघ तुलसीपुरका अध्यक्ष चन्द्रबहादुर वली, तुलसीपुर –४ का वडाध्यक्ष ध्रुव राना, शान्तिनगर गाउँपालिका–४ का वडाध्यक्ष धनबहादुर केसी, सामुदायिक वन समूहका प्रतिनिधी, पारिवारीक निजी वन संघका प्रतिनिधी लगाएत ४० जनाको सहभागीता रहेको छ।

कार्यक्रमको सहजीकरण संघका केन्द्रिय उपाध्यक्ष मेघराज भुसालले गरिरहेका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र ७ गते शुक्रवार
प्रतिक्रिया