अनाआश्यक ग्यास भण्डारण नगरौ,दाङमा ग्यास अभाव छैन : व्यवसायी

लक्ष्मण विश्वकर्मा,

तुलसीपुर, ७ चैत ।
विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण नेपालमा समेत उच्च सर्तकता अपनाउन थालिएको छ । सरकारले नेपालमा कोरोना भाईरस भित्रीन नदिनका लागी भारत र चिनबाट नेपाल आउने कतिपय सिमानाकाहरु बन्द गरेको छ । त्यस्तैगरी अन्य देशबाट नेपाल प्रवेश गर्ने नाका समेत स्वास्थ्य परिक्षणमा कडाई गरिएको छ ।

कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागी भन्दै सरकारले खुल्ला सिमानाका बन्द गरेपछि बजारमा अहिले दैनिक उपभोग्य समानहरुको कृतिम अभाव बढ्न थालेको छ । सरकारले सिमानाका बन्द गरेका कारण सामान तथा बस्तु अभाव हुने डरले उपभोक्ताहरुले नुन देखी सुन सम्मको उपभोग्य सामानहरु अग्रिम भण्डारण गर्न थालेका छन् भने कतिपय व्यापारीहरुले कालोबजारीको समेत सुरु गरेको पाईएको छ ।

व्यापारीहरुले कालोबजारी गरेको गुनासो बढिरहेको बेला स्वंयम उपभोक्ताले अनाआवश्यक हल्लाको पछि लागेर उपभोग्य सामानहरु आबश्यकता भन्दा बढि भण्डारण गर्न थालेको व्यापारीहरुको भनाई छ ।यता दाङमा ग्यास व्यवासायीहरुले ग्यास अभाव नहुने बताए पनि कतिपय उपभोक्ताले ग्यास भण्डारण गर्न थालेका छन् । एउटै व्यक्तिले ५÷६ वटा सिलिण्डर लैजाने गरेको तुलसीपुर सल्यानरोड स्थित रहेको डाईनोमिक ट्रेडका सन्चालक लाल बहादुर केसीले बताएका छन् ।धेरै जसो उपभोक्ताहरुले आबश्यकता भन्दा वढि ग्यास सिलिण्डर खरिद गरी लैजाने गरेको हुदा त्यसो नगर्न आम उपभोक्तालाई उनले आग्रह गरेका छन् ।

नेपाल ग्यास विक्रेता महासंघका केन्द्रिय सदस्य समेत रहेका केसीले एकै पटक एउटै व्यक्तिले ५÷७ वटा सिलिण्डर स्टक गरेर राख्दा कृतिम अभाव सिर्जना हुन सक्ने भन्दै यस प्रति सवैले ध्यान दिनु पर्ने बताएका छन् । बषौ देखी खाली राखेका सिलिण्डरमा ग्यास भरेर लैजाने गरेको उनले बताएका छन् । साथै उनले ग्यास अभाव हुने हल्लाका पछि नलाग्न आग्रह गदै विगतमा जस्तै अहिले पनि सोहि परिमाणमा ग्यास आयात भएको बताएका छन् । तर उपभोक्ताहरुबाटै कृतिम अभावको सिर्जना हुन थालेको ग्यास व्यवसायीहरुले बताएका छन् ।

नाका बन्द भएपछि ग्यास अभाव हुन्छ भनेर उपभोक्ताहरुले अग्रिम धेरै सिलिण्डर घरमा लगेर स्टक राख्न थालेको ग्यास व्यवसायीहरुको भनाई छ । यता दाङ देउखुरी ग्याँस विक्रेता संघले विहिवार घोराहीमा पत्रकार सम्मेलन मार्फत कोरोना संक्रमणको समयमा जिल्लामा कुनै पनि ग्याँसको अभाव नभएको जनाएको छ । संघले उपभोक्ताहरुले आबश्यकता भन्दा बढि मात्रामा ग्यास सिलिण्डर भण्डारण गर्न थालेको बताएको छ । संघका अध्यक्ष सन्तोष श्रेष्ठले आबस्यक भन्दा बढी ग्याँस सिलिन्डर खरिद गरेर स्टक राखेको भन्दै त्यसो नगर्न उपभोक्तालाई आग्रह गरेका छन ।ग्याँस एउटा विष्पोटक पदार्थ भएका कारण उपभोक्ताले बढी खरिद गर्दा विष्पोट समेत हुने खतरा हुने अध्यक्ष श्रेष्ठले बताएका छन् ।जिल्ल्लामा ग्यासको अभाव हुन्छकी भन्ने भ्रममा नपर्न उनले सवैमा आग्रह गरेका छन्

प्रकाशित मिति : २०७६ चैत्र ७ गते शुक्रवार
प्रतिक्रिया