सल्यानमा आत्महत्या दुरुत्साहन आरोपमा मृतकको श्रीमान सहित ४ जना पक्राउ

सल्यान , ५ चैत ।

सल्यानमा आत्महत्या दुरुत्साहन गरेको आरोपमा मृतकको श्रीमान सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा शारदा नगरपालिका वडा नम्वर १५ बस्ने बर्ष बर्षिया २३ को सुनिल नाथ, सोहि ठाउँ बस्ने २० बर्षिय सुनिल भन्ने बिजय भण्डारी , २२ बर्षिय लाल बहादुर
राजगुरु र त्रिबेणी गाउँपालिका वडा न.६ बस्ने २३ बर्षिय अर्जुन रावत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शारदा नगरपालिका वडा न. १५ हरले बस्ने बर्ष २१ बर्षिया मुना नाथ गएको सोमवार चैत ३ गते आफ्नै घरकोठाको दलिनमा झूण्डीएको अवस्थामा मृत फेला परेकी थिईन् । प्रहरीले घटना स्थलमा पुगेर सुक्ष्म अनुसन्धान गर्दा मृतक नाथले आफुमाथी परपुरुष संग अनैतिक सम्वन्ध राखेको आरोप लागे पछि आत्महत्या गरेको खुलेको छ ।

प्रहरीका अनुसार त्रिबेणी गाउँपालिका वडा नं. ६ बस्ने २३ बर्षिय अर्जुन रावतसंग मृतक नाथको अनैतिक सम्बन्ध छ भन्दै मृतकका श्रीमान्लाई सुचना दिएका थिए । भारतमा रहेका सुनिल नाथ गत चैत २ गते घरमा आई श्रीमतीले गाउँमा संचालन गरेको किराना पसलमा आगजनी गरी शारीरीक र मानसिक गरी यातना दिएर आत्महत्या गर्न बाधय बनाएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
मृतकका बुवाले किटानी जाहेरी दिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

नाथलाई आत्महत्या गर्न बाध्य तुल्याई दुरुत्साहन गरेको पक्राउ परेकाहरु मध्ये मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर अन्तर्गत दफा १८५ बमोजिम आत्महत्या गर्न दुरुत्साहन दिन नहुने शिर्षकमा मुद्दा दर्ता गरीसल्यान जिल्ला अदालतबाट अनुसन्धान गर्न ७ को म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

प्रकाशित मिति : २०७६ चैत्र ५ गते बुधवार
प्रतिक्रिया