दोषीलाई कडा कारबाही गर्न चेम्बरको माग

तुलसीपुर,४ चैत्र

तुलसीपुर चेम्बर अफ कमर्सले  तुलसीपुरका युवा व्यवसायी हिरा डाँगीको हत्यामा संलग्न दोषीलाई हदैसम्मको कडा कारबाही गर्न माग गरेको छ ।

चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै तुलसीपुरका  उर्जावान   युवा व्यवसायी डाँगीको हत्या भएको खबरले आफुलाई मर्माहत र स्तव्द बनाएको भन्दै कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

व्यवसायी डाँगीको हत्याले तुलसीपुरको व्यवसायीक क्षेत्रमा ठूलो क्षेति पुगेको भन्दै घर्तीद्धार जारी विज्ञप्तीमा बजार भित्रै भएको विभत्स हत्याले व्यापारी असुरक्षित भएको महसुस भएको उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : २०७६ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया