अनुपको समुहलाई कर्तव्य ज्यान मुद्दा चलाउने तयारी

तुलसीपुर, ४ चैत्र 

हिरा डाँगी हत्या आरोपमा पक्राउ परेका अनुप बस्नेत सहितको समूहलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले कर्तव्य ज्यान मुद्दा चलाउने भएको छ ।

हिजो साँझ बेलटाकुराबाट पक्राउ परेका मुख्य अभियुक्ता तुलसीपुर–६ गोलौरा निबासी अनुप बस्नेत, सुशिल बस्नेत, अमिक खड्लाई कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेको प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए ।

पिडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेर हिरासतमा रोखेको छ । ‘ पिडित पक्षले ४ जनाको नाममा जाहेरी दिनुभएको छ ,’ प्रवक्ता डमरपालले भने–‘ आजै म्याद थप गरेर मुद्दा अघि बढाउछौ ।’ तुलसीपुर–१० नयाँ गाउँका कस्मिर टन्डन भने भागेका छन् । उनको खोजी कार्य तिब्र बनाइएको छ ।
बस्नेत नेतृत्वको समूहले गरेको खुकुरी प्रहारबाट घाइते डाँगीको हिजो अपरान्ह काठमान्डौमा मृत्यु भएको थियो । मृतक डाँगीको पोष्ट मार्टमा काठमान्डौमै गरिने पारिवारीक स्रोतले जनाएको छ ।

 

प्रकाशित मिति : २०७६ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया