खुकुरी प्रहारबाट घाईते डाँगीको ज्यान गयो

तुलसीपुर,३ चैत ।
खुकुरी प्रहारबाट गम्भीर घाईते युवकको ज्यान गएको छ । तुलसीपुर ५ रतननाथ टोल निवासि २३ बर्षिय हिरा डाँगीको काठमाण्डौंमा उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनलाई आफ्नै शाथी अनुप बस्नेत सहितको समुहले आज विहान १ बजेतिर एयरपोर्ट अघि बस्नेत जलसेवा नजिक आक्रमण गरेका थिए ।

शरीरमा गहिरो चोट लागी धेरै रगत बगेको हुदा उनको निधन भएको जनाईएको छ । उनलाई तुलसीपुरमा सामन्यउपचार पछि कोहलपुर हुदै काठमाण्डौं लगिएको थियो । आक्रमण गर्नेहरुको खोजी भैरहको र नाका क्षेत्रमा कडा निगरानि गरिएको प्रहरी निरीक्षक चक्र डम्बर पालले जानकारी दिएका छन । यसैविच घटनाका बारेमा सोधपुछका लागि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक डाँगी सल्यान त्रिबेणि गाउपालीकाका अध्यक्ष मान बहादुर डाँगीका छोरा हुन ।

प्रकाशित मिति : २०७६ चैत्र ३ गते सोमवार
प्रतिक्रिया