दाङका दुई कारागारबाट चार जना कैदीबन्दीले परिक्षा दिदै

लक्ष्मण विश्वकर्मा , तुलसीपुर ३ चैत ।

तुलसीपुर कारागारबाट दुई जना कैदीबन्दीले एसईई परिक्षा दिन लागेका छन् । यस वर्षको एसईई परिक्षा आगामी चैत ६ गते देखी सुरु हुन लागेको छ । विभिन्न अपराधमा कैदी जिवन विताईरहेका दुई जना कैदीबन्दीले तुलसीपुर कारागारबाट परिक्षा दिन लागेका हुन् ।
तुलसीपुर कारागार कार्यालयका जेलर युवराज परियारले दिएको जानकारी अनुसार दुई जना कैदीबन्दीले एसईईको परिक्षामा सहभागी जनाउदैछन् ।

जसमा रुकुम पुर्वका रामु घर्ति र दाङका अजिब सुनार रहेका छन् । घर्तिले लागु औषध कारोवार र सुनारले जवरजस्ती करणी मुद्धामा कैद भुक्तान गरीरहेका छन् । कार्यालयका जेलर परियारका अनुसार घर्तिले रुकुम पुर्वको सितल माध्यामिक विद्यालयबाट परिक्षा दिन लागेका छन् भने सुनारले तुलसीपुरको महेन्द्र माध्यामिक विद्यालयबाट एसईईको परिक्षा दिने भएका छन् ।

उनीहरुलाई कारागारबाटै परिक्षा दिने व्यवस्था मिलाईएको जेलर परियारले बताएका छन् ।उनीहरु दुवै जनालाई फरकफरक मुद्धामा फरक कैद सजाय रहेको छ । त्यस्तैगरी तुलसीपुर कारागारबाट अर्का एक जना कैदीबन्दीले कक्षा नौ को परिक्षा दिईरहेका छन् ।तुलसीपुर ११ निवासी लक्ष्मण विकले गत फागुन २८ गते देखी सुरु भएको कक्षा ९ को परिक्षा दिदै आएका छन् । उनले जवरजस्ती करणी मुद्धाको कैद भुक्तान गरिरहेको जेलर परियारले जानकारी दिएका छन् । उनले तुलसीपुर ११ मा रहेको अमर माध्यामिक विद्यालयबाट परिक्षा दिदै आएका छन् ।

उता घोराही कारागारबाट पनि एक जना कैदीबन्दीले कक्षा ८ को परिक्षा दिईरहेका छन् । कारागारका जेलर विष्णु पाण्डेका अनुसार जवरजस्ती करणी मुद्धामा पक्राउ परेका घोराही १ बस्ने सुनिल कुंवरले कक्षा ८ को परिक्षा दिदै आएका छन् । उनी जवरजस्ती करणी मुद्धामा भरखरै पक्राउ परेको जेलर पाण्डेले बताएका छन् ।कुंवरले आधारभुत सिमलटारा विद्यालयबाट परिक्षा दिदै आएका छन् । घोराही कारागारमा हाल २ सय ७० कैदीबन्दी रहेका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र ३ गते सोमवार
प्रतिक्रिया