तुलसीपुर अमिलिया सडक दैनिक ६ घण्टा बन्द हुने

फोटो फाईल

दाङ, २ चैत ।

राप्ती राजमार्ग अन्र्तगत तुलसीपुर अमिलिया सडक दैनिक ६ घण्टा बन्द हुने भएको छ । उक्त सडक खण्डको स्तरोन्नती गरी कालोपत्रे को काम अगाडी बढाईने हुदा यहि चैत ४ गते देखी २५ गते सम्म दैनिक ६ घण्टा आवागमनमा रोक लगाईने भएको छ ।

सडक डिभिजन कार्यालय दाङले एक सुचना जारी गदै ४ गते देखी लागु हुने गरी दैनिक विहान ११ बजेदेखी बेलुका ५ बजे सम्म सवारी आवागमनमा रोक लगाउने निर्णय भएको उल्लेख गरिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी गन्ज बहादुर एमसीको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरिएको कार्यालयद्धारा जारी सुचनामा भनिएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २ गते आइतवार
प्रतिक्रिया