कुलोमा डुवेर दाङमा एक जनाको मृत्यु

तुलसीपुर, २ चैत ।

कुलोमा डुवेर दाङमा एक जनाको मृत्यु भएको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवाका ३६ वर्षिय भिमबहादुर चौधरीको घर नजिक रहेको मजगाउँ कुलोमा डुवेर मृत्यु भएको प्रहरी चौकी सिसहनियाँका प्रमुख प्रहरी नायक निरिक्षक गोपालकुमार मल्लले जानकारी दिएका छन् ।

 

शनिवार दिउँसो घरबाट नुहाउन जान्छु भनि हिडेका चौधरी साँझ अबेर सम्म पनि घर नफर्के पछि स्थानीयले खोजी गर्ने क्रममा आइतवार विहान ११ बजे मजगाउँ कुलोमा डुवेको अवस्थामा फेला पारे पछि प्रहरीलाई खवर गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २ गते आइतवार
प्रतिक्रिया