सल्यानमा नदीमा डुवेर एक जनाको मृत्यु

काठमाडौ, १ चैत ।

सल्यानमा एक व्यक्तिको शारदा नदीमा डुवेर मृत्यु भएको छ । जिल्लाको कालीमाटी गाउँपालिका २ बस्ने ४२ बर्षिय बिष्णु नेपाली शनिबार शारदा नदीमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

नेपालीले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरी निरीक्षक उमाकान्त जोसीले जानकारी दिए । उनका अनुसार शुक्रबार साँझ घरबाट निस्केका नेपाली घरबाट एक सय मिटरको दुरीमा रहेको शारदा नदीमा मा डुबेको अवस्थामा मृत फेला परेका हुन।

प्रकाशित मिति : २०७६ चैत्र १ गते शनिवार
प्रतिक्रिया