शनिवार पनि मौसम बदली हुने,आईतवारबाट सुधार आउने

काठमाडौ, १ चैत ।

शनिवार देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।पश्चिमी वायुको प्रभावले शनिबार पनि देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने र उच्च हिमाली तथा पहाडी भेगमा हिउँ पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिईन् ।

उनका अनुसार यसकै प्रभावले अहिले पूर्वका केही ठाउँमा पानी परिरहेको छ भने काठमाण्डौसहित मध्ये क्षेत्रको मौसम बदली भएको छ ।
पश्चिमको मौसम खुलेको छ तर केहीबेरमा काठमाण्डौसहित मध्य र पश्चिममा घाम लागे पनि दिउँसोपछि बदली भएर चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीको भनाइ छ ।

राति पनि देशका विभिन्न ठाउँमा पानी पार्ने यो प्रणाली कमजोर भएपछि आइतबारदेखि मौसम खुल्दै जाने उनको अनुमान छ ।

प्रकाशित मिति : २०७६ चैत्र १ गते शनिवार
प्रतिक्रिया