जुवाको खालमा दाङ प्रहरीको छापा,होटेल साहुनी सहित १० जना पक्राउ

फोटो फाईल
दाङ, ३० फागुन ।

दाङको घोराही स्थित एक खाजा घरमा प्रहरीले शुक्रवार दिउँसो साढे चार बजे छापा मारेको छ । घोराही उपमहानगरपालिका वडा नम्वर १४ लखन पार्क नजिकै रहेको रोल्पाली खाजा घरमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले पौने दुई लाख नगद सहित १० जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

 

पक्राउ पर्नेहरुमा होटेल सञ्चालिका रोल्पा रुन्टीगढी गाउँपालिका ६ निगालपानी घर भई हाल घोराही बस्दै आएकी ३८ बर्षीय छवि पुन, सोही ठाउँका ५३ बर्षीय दुर्गा पुन, सोहि गाउँपालिका ७ डुब्रिङबस्ने ३९ बर्षीय रेशम रोका, ३२ बर्षीय सोमराज बस्नेत, ४९ बर्षीय धनबहादुर घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् ।

 

यस्तै घोराही उपमहानगरपालिका १५ रतनपुर बस्ने ३५ बर्षीय पदम बहादुर बुढा, घोराही १३ कमलघारी बस्ने ३९ बर्षीय दुर्गालाल रोका, घोराही १८ मसिना बस्ने ४३ बर्षीय फाले घर्ती, घोराही १४ पुरानो बसपार्क बस्ने ५२ बर्षीय गनबहादुर घर्ती, घोराही १५ रतनपुर बस्ने ३५ बर्षीय जनक पुन रहेका छन् । उनीहरुको साथबाट प्रहरीले १ लाख ७१ हजार ५ सय ८० रुपैया नगद बरामद गरेको प्रवक्ता खड्काले जानकारी दिएका छन् । पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको उनले बताएका छन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया