करेन्ट लागेर एक विद्यार्थीको मृत्यु

दाङ, ३० फागुन ।

नेपालगञ्जमा एउटा विद्यालयको परिसरभित्र करेन्ट लागेर शुक्रबार एक विद्यार्थीको मृत्यु भएको छ ।नेपालगञ्जमा रहेको ब्रिटिश इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ९ मा पढ्ने १४ वर्षीय भरत कँडेलको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

विद्यालयमा एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरुका लागि राखिएको बिदाई कार्यक्रमको तयारी भइरहदा कँडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार नेपालगञ्जमा पानी परिरहेको र तयारीका क्रममा कँडेल चिप्लिएका कारण नजिकैको रहेको फलामको पाइप समात्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया