बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा तुलसीपुरका अर्जुन पक्राउ

दाङ ३० फागुन ।

१२ वर्षिया बालिकालाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा तुलसीपुरमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर १ भमके निवासी ३० वर्षिय अर्जुन विक रहेको प्रहरीले बताएको छ ।

आरोपित विकले यहि फागुन २७ गते राती बालिकालाई जवरजस्ती करणी गर्न खोजेका थिए । ती बालिका चिच्याएपछि युवक फरार भएका थिए । उनलाई विहिवार पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पक्राउ परेका विक विरुद्ध जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी आबश्यक अनुसन्धान सुरु गरिएको छ । प्रहरीका अनुसार पिडित बालिकाको स्वास्थ्य परिक्षण भईसकेको र अव पिडकको स्वास्थ्य परिक्षण गर्ने तयारी भईरहेको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया