दुई जिल्लामा भएको घटनामा परि सात जनाको मृत्यु

काठमाडौ, ३० फागुन ।

छुट्टाछुट्टै स्थानमा भएको घटनामा परि सात जनाको मृत्यु भएको छ । भनुषामा घरेलु मदिरा सेवन कारण पाँच जनाको मृत्यु भएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय विलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महराको मृत्यु भएको प्रहरीले बताएको छ ।

बुधबार ३ जनाको मृत्यु भएकोमा बिहीबार थप २ को पनि मृत्यु भएको हो । सुरुमा अन्य कुनै कारणले मृत्यु भएको भन्ने आशंका गरेता पनि शुक्रबार बिहान अनुसन्धान गर्दा अत्यधिक मादक पदार्थ सेवनकै कारण भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।

घरेलु मदिराकै सेवनबाट अर्का एकजना गम्भीर बिरामी परेका छन् । सिकिस्त बिरामी २७ वर्षीय इनरजीत महरालाई घोपा क्याम्प धरान पठाइएको प्रहरीले जनाएको छ ।यस्तै कञ्चनपुरमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

म १ प ९५८५ नम्बरको मोटरसाइकल भीमदत्त नगरपालिका–२, भाँसीदेखि ब्रह्मदेव बजार जोड्ने लिंक रोडमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले दुर्घटनाको पुष्टि गर्दै भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको जानकारी दिए ।

 

प्रकाशित मिति : २०७६ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया