दाङका युवकको लङजुङमा ढुङगा लागेर मृत्यु

दाङ, २९ फागुन ।

दाङका एक युवकको लङजुङमा ढुङगाले लागेर मृत्यु भएको छ । तुलसीपुर ६ प्रगतीनगर टोल निवासी युवराज बस्यालका छोरा निरञ्जन बस्यालको लमजुङ्गमा ढुंगाले लागेर बुधवार राती मृत्यु भएको हो ।

सुपर दोर्जे हाईड्रो पावर लमजुङमा डिउटिकै समयमा सुरुङ माथिबाट एक्कासी खसेको चट्टानले च्यापिएर उनको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । जागीरको शिलशिलामा त्यहा गएको ईन्जिनियर बस्यालको काम गर्ने क्रममा मृत्यु भएको हो ।

उनको शवलाई विहीबार राति तुलसीपुर ल्याउने तयारी भएको पारिवारिक स्रोतले बताएको छ । उनको दाहसंस्कार शुक्रबार विहान सितलपुर घाटमा गरिने जनाईएको छ ।

 

प्रकाशित मिति : २०७६ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया