दाङमा दोस्रो चरणको दादुरा र रुबेला विरुद्धको खोप अभियान सुरु

तुलसीपुर, २९ फागुन ।

दाङमा दोस्रो चरणको दादुरा र रुबेला रोग विरुद्धको खोप अभियान विहिवार देखी सुरु भएको छ ।दाङमा पहिलो चरण अन्र्तगत पाँच वटा पालिकामा अभियान सुरु गरिएको थियो ।पहिलो चरणमा जिल्लाको तुलसीपुर उपमहानगरपालिका, शान्तीनगर, बबई,दंगीशरण र बंगलाचुलीमा गएको फागुन १६ गते शुक्रवार देखी सुरु भएको अभियान गएको फागुन २५ गते सम्म सन्चालन भएको थियो ।

यसैविच दोस्रो चरण अन्र्तगत विहिवार देखी घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राजपुर, राप्ती र गढवा गाउँपालिकामा सुरु भएको छ । विहिवार देखी सुरु भएको अभियान आगामी चैत्र ७ गते सम्म सन्चालन हुनेछ । राष्टिय खोप अभियान अन्र्तगत दाङमा दुई चरणमा अभियान सन्चालन गरिएको हो ।खोप पाउनु बालबालिकाहरुको अधिकार हो भन्ने नाराका साथ अभियानको सुभारम्भ गरिएको छ ।
जस अनुसार घोराही उपमहानगरपालिका भित्र दादुरा रुबेला विरुद्धको खोप अभियान र पोलियो थोपा खुवाउने कार्यक्रम सुरुवात गरिएको छ । शहरी स्वास्थ्य केन्द्र नयाँ बजार तीनकुनेमा एक औपचारीक कार्यक्रमको आयोजना गरि खोप र पोलियो थोपा खुवाउने अभियानको सुरुवात गरिएको हो ।उपमहानगरको जनस्वास्थ्य प्रबद्र्धन शाखाले कार्यक्रमको आयोजना गरि नगर प्रमुख नरुलाल चौधरीले साढे २ बर्षका मोहम्मद नविललाई पोलियो थोपा खुवाएर अभियानको सुरुवात गरेका हुन् ।

 

यस्तै उता राप्ती गाउँपालिकामा पनि अभियान सुरु गरिएको छ । राप्ती गाउँपालिका स्वास्थ्यशाखाको अगुवाईमा राप्ती क्षेत्रका २४ खोप केन्द्रबाट खोप सेवा दिएर खोप अभियान सुरु गरिएको हो । खोप अभियानको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता विद्याशरण चौधरीले ५ वर्ष मुनिका कुनैपनि बालबालिका खोप लगाउनबाट बन्चित नहुन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया