तुलसीपुर ४ को एक विद्यालयमा तोडफोड

तुलसीपुर २९ फागुन ।

तुलसीपुर ४ घोरानेटीमा रहेको दिपज्योती आधारभुत विद्यालयको कक्षाकोठामा तोडफोड भएको छ । गएको मंगलवार होली पुर्णिमाको दिन अज्ञात समुहले विद्यालयको चार वटा कक्षाकोठामा तोडफोड भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनसिंह पुनले जानकारी दिएका छन् ।

विद्यालय बन्द भएको समयमा कक्षा २,३,४ र ५ गरी चार वटा कक्षाकोठामा प्रवेश गरी फर्निचरका सामानहरु(बेन्च,डेस्क,कुर्सी,दराज) तोडफोड भएको अध्यक्ष पुनले जानकारी दिएका छन् । अज्ञात समुहले फर्निचरका सामान तोडफोड गर्नुको साथै शैक्षिक सामग्रीहरु समेत च्यातेका छन् ।

उक्त दिन विद्यालय बन्द भएकाले बुधवार मात्रै आफुहरुले थाहा पाएको उनले बताएका छन् । तोडफोड कसले र किन भएको भन्ने बारेमा कुनै पहिचान नभएको उनले बताएका छन् । घटनाको बारेमा खाद्रे प्रहरी चौकीलाई जानकारी गराईएको अध्यक्ष पुनले बताएका छन् । साथै उनले विद्यालयमा प्रवेश गरी तोडफोड गर्ने समुहको पहिचान गरी कानुनी कारवाही गर्न प्रशासन संग माग गरेका छन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया