बैंकिङ कसुरमा पक्राउ परेका माथी अनुसन्धान गर्न सात दिन म्याद थप

फोटो फाईल

तुलसीपुर, २८ फागुन ।

जिल्ला प्रहरी कार्यालय दाङले बैंकिङ कसुरमा पक्राउ माथी आबश्यक अनुसन्धान गर्न अदालतबाट सात दिनको म्याद थप गरेको छ । पीडितको उजुरीका आधारमा बैंक कसुर मुद्दामा ईटहरी उपमहानगरपालिका वडा नं. ५ निवासी भोजराज गुरागाइलाई मंगलवार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

पीडित मान कम्पनीले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएपछि गुरागाइविरुद्ध बैँकीङ कसुर मुद्दा दर्ता गरेको थियो । गुरागाई विरुद्ध एक महिना अघि मुद्दा दर्ता भएको थियो ।

गुरागाई बिरुद्ध बुधवार अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।गुरागाइले दिएको तीनलाख २० हजारको चेक नसाटिएपछि पीडितले उजुरी दिएका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया