टिप्परको ठक्करबाट एक महिलाको मृत्यु

दाङ, २८ फागुन ।

बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीचोक नजिकै टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।स्थानीय झण्डहवागाउँदेखि कोहलपुर–नेपालगञ्ज जादै गरेको रा१ख २१८८ नंको टिप्परले बुधबार बिहान करिब साढे ११ बजे ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की ४५ वर्षीया रामपति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।

 

टिप्परको ठक्करबाट गम्भीर घाइते भएकी थारूलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित मिति : २०७६ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया