विदेश जाने तिन हजार बढिको अन्तिम श्रम स्वीकृती रोकियो

काठमाडौ, २७ फागुन ।

सरकारले कतारको लागि श्रम स्वीकृति बन्द गरेको छ । कतारले नै नेपाल सहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिवन्ध लगाए पछि सरकारले पनि श्रम स्वीकृति दिन बन्द गरेको हो ।वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार कतारको निर्णय अनुरुप कामदारलाई श्रम स्वीकृति दिन बन्द गरिएको हो ।

 

फागुन १६ देखि फागुन २६ गतेसम्म विभागबाट कतार जानका लागि ३ हजार ६ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए ।त्यसअनुसार करिब ३ हजार नेपाली कामदारको अन्तिम श्रम स्वीकृतिपछि पनि कतार जान रोकिएको अनुमान छ । वितेको झन्डै दुई महिनाको अवधीमा विभागले १ लाख १७ हजार ६३३ जनालाई विदेश जाने अनुमति दिएको थियो ।

प्रकाशित मिति : २०७६ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया