कोरोना भाईरस सम्वन्धि तुलसीपुरमा अभिमुखिकरण

तुलसीपुर, २७ फागुन ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा तुलसीपुरमा कोरोना भाईरस सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर क्षेत्रका स्वास्थ्यकर्मी र सरोकारवालाहरु संग कोरोना भाईरस वारेमा अभीमुखिकरण गरिएको हो ।सो कार्यक्रममा बोल्दै नगरप्रमुख घनश्याम पाण्डेले कोरोनाबाट बच्नका लागी सवै समयमै सर्तक हुनुपर्नेमा जोड दिएका छन् । उक्त रोगबाट बच्नका लागी सचेत रहन र व्यक्तिगत सरसफाईमा ध्यान दिन उनले आग्रह गरेका छन् ।साथै उनले यस रोग बारेमा सवैले आ.आफनो तर्फवाट जनचेतना फैलाउनु पर्नेमा जोड दिएका छन् ।

पहल गर्न , वर्डामा ,विध्यालयमा , समुदायमा यस रोगका वारेमा सचेत सो अवसरमा राप्ति प्रादेशिक अस्पताल तुलसीपुरका मेसु डा. प्रताप पोखरेलले कोरोना भाईरसवाट संक्रमित तथा संकास्पद विरामीलाई राख्न ६ वटा आईसोलेसन वेडको व्यवस्था गरिएको र अन्य आवश्यक उपकरण तथा सामग्रीहरुको लागि पहल गर्न आग्रह गरे ।

त्यसैगरि जनस्वास्थ्य प्रर्वर्धन शाखा प्रमुख ओमप्रकाश न्योपानेले कोरोना भाईरसवाट संक्रमित विरामीहरुको परिक्षणका लागि तुलसीपुरका फुलवारिको दमारगाउमा र एयरपोर्टमा हेल्थ डेस्क स्थापना गरिने , शंकास्पद विरामीलाई अस्पतालमा पठाईने, सवै स्वास्थ्य संस्थामा मास्क र सेनिटाईजर को व्यवस्था गरिने र सचेतनामुलक व्यानरहरु शहरका भिडभाड हुने ठाउमा राखिएको बारेमा जानकारी गराएका हुन् । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक विमल केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया